
काठमाडौँ , २४ चैत । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू–भागमा आंशिक बदली भइरहेको छ, जबकि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा मौसम सफा रहने अपेक्ष छ। कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि संभावना रहेको महाशाखाले जनाएका छन्।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने, जबकि बाँकी भू–भागमा मौसम सफा रहने अनुमान गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे