
भैरहवा, चैत २३ । उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौँबाट भैरहवा ल्याइएको छ। शुक्रवार राति पक्राउ परेका लामिछानेलाई यती एयरलाइन्सको विमानबाट शनिवार बिहान भैरहवा विमानस्थल ल्याइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनलाई विमानस्थलबाट सीधै प्रहरी कार्यालय पुर्याइएको छ।
लामिछानेलाई संगठित सहकारी ठगीको आरोपमा थुनामा पठाउने आदेश उच्च अदालतले दिएको थियो। बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालतले उनलाई एक करोड रूपियाँ धरौटी निर्धारण गरेको थियो, जुन उच्च अदालतले उल्ट्याएर थुनामा पठाउने आदेश दिएको हो। उनलाई रुपन्देही प्रहरी हिरासतमा राखिनेछ र सोमबार कारागार पठाइने प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे