
बैंकक, थाइल्याण्ड — प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग थाइल्याण्डको राजधानी बैंककमा सम्पन्न भेटवार्तालाई सकारात्मक र राम्रो संवादको रूपमा मूल्याङ्कन गरेका छन्।
बैंककस्थित माडारिन ओरियन्टल होटलमा आयोजित करिब ४५ मिनेट लामो एक्लाएक्लै भेटवार्तापछि प्रधानमन्त्री ओलीले संवाद सकारात्मक भएको प्रतिक्रिया दिएका थिए। भेटवार्ता कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै प्रधानमन्त्री ओलीले आफू र प्रधानमन्त्री मोदीबीचको संवाद सकारात्मक र सार्थक भएको बताएका थिए।
उक्त भेटवार्ता बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सम्पन्न भएपछि पूर्वनिर्धारित तालिकाअनुसार भएको थियो।
यसअघि दुवै नेताबीच २०७९ असोज ७ गते न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा भेटवार्ता सम्पन्न भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे