
काठमाडौँ , २१ चैत । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसले लुम्बिनी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली ल्याएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेश लगायतका पहाडी भू-भागमा आंशिक बदली रहनेछ, जबकि अन्य स्थानहरूमा मौसम प्रायः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।
आज राति, कोशी, मधेश, बागमती र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ, जबकि बाँकी भू-भागमा मौसम प्रायः सफा हुनेछ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना र अन्य भू-भागमा तापक्रम वृद्धिका कारण सुख्खापन, आगलागी र वायु प्रदूषणबाट बच्न सतर्क रहन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे