
काठमाडौँ , १९ चैत । नेपाल सरकारले म्यानमारमा गएको ७।७ रेक्टर स्केलको भूकम्पका पीडितहरूको सहयोगका लागि खाद्यान्न र अन्य राहत सामग्री पठाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले तत्काल राहत पुर्याउनका लागि चाउचाउ, बिस्कुट, औषधि, ब्लाङ्केट लगायतका सामग्री म्यानमार पठाउने निर्णय गरेको हो।
परराष्ट्र मन्त्रालयको समन्वयमा उक्त सहायता सामग्री म्यानमार पठाइने छ। सोमबार मन्त्रालयमा भएको बैठकमा परराष्ट्र मन्त्री डा। आरजु राणा देउवाले नेपालका निजी क्षेत्रका संघसंस्थाहरूलाई पनि सहायता सामग्री उपलब्ध गराउन आह्वान गरेकि छन् । उनले म्यानमारका जनतालाई तत्काल आवश्यक सहयोग पुग्ने गरी नेपाल सरकारले राहत सामग्री पठाउने जानकारी दिइन।
यसैगरी, म्यानमारमा गत चैत १५ गते आएको भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे