
काठमाडौँ , १९ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १८ घन्टा सञ्चालनमा आउने भएको छ। कात्तिक २३ गतेदेखि मर्मतका कारण १४ घन्टा सञ्चालन गरिएको विमानस्थल अब बिहान ६ बजे खुल्नेछ र राति १२ बजे बन्द हुनेछ। यसअघि, विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म मात्र थियो।
सञ्चालन समय वृद्धि सँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानहरूको संख्यामा पनि वृद्धि हुने अनुमान गरिएको छ। विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (ICAO) का मापदण्ड अनुसार सञ्चालन गर्न योग्य अवस्थामा पुगेपछि यो कदम चालिएको हो। साथै, ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण कार्य पनि सकिएको छ, जसले न्यूनतम दूरीको मापदण्ड पूरा गर्ने अवस्था ल्याएको छ। यसले विमानस्थलको क्षमता वृद्धि र सञ्चालनसम्बन्धी सुधारमा योगदान पुर्याउनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे