
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस, कीर्तिपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शान्तिपूर्ण रूपमा भइरहेको छ। बिहान ८ बजे सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहने त्रिवि प्रशासनले जनाएको छ।
यसअघि निर्धारित मिति चैत ५ गतेका लागि तय गरिएको निर्वाचन विद्यार्थी सङ्गठनहरूबीचको विवादका कारण स्थगित भएको थियो। त्यसपछि चैत ८ गते पुनः तय गरिएको निर्वाचन सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि रोकिएको थियो।
क्याम्पस प्रशासनका अनुसार अध्यक्ष पदका लागि १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचनलाई निष्पक्ष र मर्यादित बनाउन आवश्यक सुरक्षाका उपायहरू अपनाइएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे