
काठमाडौं। हाल देशभर पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले जानकारी दिए अनुसार, आजको दिनको मौसममा कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य भू–भागको मौसम प्रायः सफा रहनेछ। यी प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।
साथै, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ। आज राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ र अन्य भू–भागमा मौसम सफा रहने अनुमान गरिएको छ। यसरी, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।
मौसम महाशाखाले लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका केही क्षेत्रहरूमा हावाहुरीका कारण सतर्कता अपनाउन अनुरोध गरेको छ। यो मौसमको असरबाट बच्न सतर्कता अपनाउने महाशाखाले सबैलाई सचेत गराएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे