
पाँचथर – अनेरास्ववियु पाँचथरले २०८१ चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विजयी पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गर्दै बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, विभिन्न अतिथि, निर्वाचित पदाधिकारीहरू, सदस्यहरू तथा निर्वाचनमा सहभागी सम्पूर्ण विद्यार्थीहरूको उपस्थिति रहेको थियो। अनेरास्ववियु पाँचथरले निर्वाचनमा सहभागिता जनाउँदै संगठनलाई थप उचाइमा पुर्याउने सम्पूर्ण विद्यार्थी, संगठनका जिल्ला कमिटीका प्रतिनिधि तथा सहभागीहरूलाई विशेष धन्यवाद व्यक्त गरेको छ।
कार्यक्रमका क्रममा निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई सम्मान प्रदान गर्दै संगठनले स्ववियु निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण योगदान गर्ने सम्पूर्ण पक्षको भूमिका प्रशंसनीय रहेको जनाएको छ। साथै, विद्यार्थी नेताहरूलाई थप सशक्त बनाउँदै संगठनका मूल्यमान्यताअनुसार अघि बढ्न प्रतिबद्ध रहेको अनेरास्ववियु पाँचथरले जनाएको छ।
उक्त कार्यक्रम २०८१ चैत १३ गते सम्पन्न भएको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे