
काठमाडौँ , १४ चैत । गोरखाको बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा आरुघाट गाउँपालिका-१ का १६ वर्षीय युनिश गुरुङ रहेका छन्। बुधबार साँझ एसइई परीक्षा दिएर थुमि गएका युनिश बुढीगण्डकी नदीमा पौडी खेल्न गएका थिए। राति ७ बजेको आसपास नदीले उनलाई बगायो।
घटनाबारे जानकारी पाएपछि प्रहरी टोलीले खोजतलास थाले र करिब एक किलोमिटर तल मृत अवस्थामा युनिशको शव फेला पारिएको प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुबेदीले जानकारी दिए। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल गोरखा पठाइएको छ। यस घटनामा प्रारम्भिक अनुसन्धान पुरा गरी थप अनुसन्धान जारी रहेको प्रहरी कार्यालय गोरखाले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे