
काठमाडौँ , १४ चैत । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसोको समयमा, देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम प्रायः सफा हुनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना पनि छ।
आज राति, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागको मौसम मुख्यतया सफा रहनेछ। ती प्रदेशहरूको उच्च पहाडी र हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षा र उच्च भू-भागमा हल्का हिमपातको सम्भावना भएकाले यसबाट हुने कुनै पनि असरबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे