
सुनसरी , १३ चैत । सुनसरीको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ । इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि आगो लागेको हो । १० तले प्लाजाको पाँच तलामा रहेको होटेल बरान्डाबाट सुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
हाल सम्म तीन महिला र आठ पुरुषको उद्धार गरिएको प्रहरीले जनाएको छ । अरु पनि केही व्यक्तिभित्रै भएको हुन सक्ने अनुमान गरिए पनि यकिन हुन सकेको छैन। प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । प्रारम्भिक जानकारीअनुसार भौतिक क्षति भएको भए पनि हालसम्म मानवीय क्षतिको कुनै जानकारी प्राप्त भएको छैन ।
आगलागीको कारण हालसम्म खुल्न सकेको छैन । यसैगरी आगो निभाउन विभिन्न स्थानीय तहका १२ दमकल प्रयोग गरिएको छ । सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । हेलिकोप्टरद्वारा भवनमा फसेकाहरुको उद्धार गरेको छ । स्थानीयबासी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल संयुक्त रूपमा अहिले नियन्त्रणमा लिन प्रयास भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे