
काठमाडौँ , १३ चैत । यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरिएको छ। पर्यटन विभागका अनुसार, अन्नपूर्ण-१ लगायत विभिन्न चुली आरोहणका लागि ५८ आरोहीलाई अनुमति दिइएको छ, जसमा १८ महिला र ४० पुरुष समावेश छन्। हालसम्म नेपालसहित २४ देशका आरोहीहरूले अनुमति लिएका छन्।
सगरमाथा आधार शिविरमा विभिन्न ट्रेकिङ कम्पनीहरूले व्यवस्थापन कार्य गर्दैछन्। यस वर्षको वसन्त ऋतु सगरमाथा आरोहणका लागि उपयुक्त मौसम मानिन्छ, र यस याममा विदेशी आरोहीको ठूलो भिड हुने अपेक्षा गरिएको छ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिले ‘आइसफल डाक्टर’ खटाएर आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो बनाइरहेको छ। साथै, दोस्रो शिविरदेखि चुचुरो सम्मको ‘रोप फिक्सिङ’ कार्यमा दक्ष आरोहीहरू खटिएका छन्। वसन्त ऋतुको सगरमाथा र ल्होत्से आरोहणको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपिडिसन कम्पनीले पाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे