
काठमाडौं, चैत १२ । बालुवाटारमा सत्तापक्षीय दलको बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा बैठकमा प्रमुख सत्ता पक्षका नेताहरु उपस्थित छन्। बैठकमा कांग्रेस सभापति र पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, र गृहमन्त्री रमेश लेखक सहभागी छन्।
साथै, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत अन्य सत्तामा सहभागी दलका शीर्ष नेता पनि बैठकमा रहेका छन्। बैठकका विषय र निर्णयहरूको बारेमा जानकारी सार्वजनिक गर्न बाँकी छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे