
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने?’
काठमाडौं महानगरपालिका-२८ मा निर्माणाधीन काठमाडौं टावर परियोजना बारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न सरकारलाई चुनौतीसमेत दिएका छन्। उनले सरकारी निकायको पारदर्शिता र कानुनी शासन कायम राख्नका लागि कडा नीति आवश्यक रहेको बताए।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे