
सल्यान , ११ चैत । सल्यानको कुमाख गाउँपालिकाबाट श्रीनगर जाँदै गरेको भे १ ज १२१४ नम्बरको जीप सोमबार बिहान दुर्घटनामा परेको छ। दुर्घटना सिद्धकुमाख गाउँपालिका–३ फलाटे नजिकै करिब १० बजेतिर भएको हो।
जिलला प्रहरी कार्यालय सल्यानका अनुसार, जीपको ब्रेक फेल भएपछि गाडी भित्तामा ठोक्किएको र त्यसपछि सडकमै पल्टिएको थियो। दुर्घटनामा १७ जना घाइते भएका छन्। सबै घाइतेलाई शारदा नगरपालिका–१ स्थित शारदा पोलिक्लिनिकमा उपचारका लागि ल्याइएको छ। जीपमा चालकसहित १८ जना सवार थिए। चालक, २४ वर्षका आकाश वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे