
काठमाडौँ, ११ चैत । मनकामना केबलकार चैत १४ गते बिहिबार मर्मत सम्भारका लागि बन्द हुने भएको छ। मनकामना दर्शन प्रालिले सोमबार एक सूचना जारी गर्दै जानकारी गराएको हो। नियमित टावरको मर्मत सम्भार गर्नुपर्ने भएकाले १ दिनका लागि केबलकार सेवा बन्द गरिएको नायब प्रबन्धक उज्जल सेरचानले बताउनुभयो। यद्यपि, वटम स्टेशनस्थित रेस्टुरेन्ट सेवा भने यथावत सञ्चालन हुने जानकारी दिइएको छ।
२०५५ सालदेखि गोरखाको मनकामना मन्दिरमा केबलकार सेवा शुरु गरिएको थियो। मर्मत कार्य सम्पन्न भएपछि केबलकारको सेवा चैत १५ गते शुक्रबार पुनः सञ्चालनमा ल्याइनेछ। १ दिनको बन्दले दर्शनार्थीलाई भएको असुविधाप्रति क्षमायाचना गर्दै, मनकामना दर्शन प्रालिले सेवा पुनः सुरु हुने जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे