
काठमाडौं, ११ चैत । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन् । गत शुक्रबार सुरु भएको संघको प्रथम महाधिवेशनमा शनिबार मतदान भएको थियो। मतगणनाको अनुसार, चम्लागाईंले कुल ४७० मतमा ३५१ मत प्राप्त गरे। अध्यक्ष पदका अर्का उम्मेदवार विकास थापाले ८८ मत प्राप्त गरे भने खड्काले १३ मत प्राप्त गरिन्।
उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाईं समूहका उम्मेदवारहरू निर्वाचित भएका छन्। उपाध्यक्षमा उदयबहादुर लिम्बुले ३३२ र अनिता घिमिरे गैह्रेले ३३९ मत प्राप्त गरे। महामन्त्रीमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भए, जसले क्रमशः ३४९ र ३५५ मत प्राप्त गरे। अध्यक्ष चम्लागाईं कांग्रेस महामन्त्री गगन थापा निकट रहेको खबर छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे