
काठमाडौँ , १० चैत । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकामा १९ वटा अवैध स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिएका छन् । शनिबार साँझ उहाँले लालबन्दी र नवलपुरका २३ स्वास्थ्य संस्थाको अनुगमन गर्नुभयो। अनुगमनमा १९ स्वास्थ्य संस्थाले सेवा सञ्चालन अनुमति पत्र नभएको र मापदण्ड अनुसार नचल्दा तत्काल बन्द गर्न निर्देशन दिइएको हो।
दुई अस्पतालले अनुमति पत्र दुरुस्त रहेको र दुई अस्पतालले नवीकरण गर्नुपर्ने देखिएको छ। मुख्यमन्त्री सिंहले केही साताअघि पनि लालबन्दी र नवलपुरका स्वास्थ्य संस्थाको अनुगमन गर्नुभएको थियो र पुनः बन्द गरिएका अस्पतालहरु खुलेको गुनासो आएका कारण स्थानीय प्रहरीसँग निगरानी राख्न निर्देशन दिए। यसअघि, ७५ वटा अवैध स्वास्थ्य संस्थालाई बन्द गरिसकेको जानकारी दिँदै, मुख्यमन्त्री सिंहले पालिकालाई यस्तो संस्था अल्पकालिक अनुमति पत्र नदिन आग्रह समेत गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे