
काठमाडौँ, ८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा पुनरावेदनका लागि उच्च अदालत पाटन गएका छन् । लामिछानेले आफूसँग धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका छन् । माघ २ गते जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरूद्ध लामिछाने शुक्रबार उच्च अदालत पाटनमा पुगेका हुन्। लामिछाने हिजोमात्रै रुपन्देहीबाट काठमाडौं आएका हुन् ।
लामिछानेले कास्की र रूपन्देही जिल्ला अदालतको आदेशविरुद्ध यसअघि नै पुनरावेदन निवेदन दर्ता गराइसकेका छन्। कास्की अदालतले ६५ लाख र रूपन्देही अदालतले एक करोड धरौटी माग गरेको थियो।रुपन्देहीको मुद्दामा पनि उनी धरौटी घटाउन माग गर्दै पूनरावेदनमा गएका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे