
काठमाडौँ, ८ चैत । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालमा जारी विद्युत् अभाव समाधान गर्न भारतबाट विद्युत् आपूर्तिको मात्रा बढाउने विषयमा कूटनीतिक पहल भएको बताएकी छन् । भारत भ्रमणमा रहेकी मन्त्री राणाले स्वदेश फर्कनु अघि यस्तो जनकारी गराउनु भएको हो । उाले आफूले नेपालतर्फ भइरहेको विद्युत निर्यातलाई निरन्तरता दिन र थप बढाउन अनुरोध गरेको जनाएकी छन् ।
उर्जामन्त्री दिपक खड्काले भारतबाट आउने बिजुली सुख्खा याममा कटौती हुने भएकाले लोडसेडिङ हुनसक्ने बताइरहेका बेला परराष्ट्रमन्त्री राणाले यो कुटनीतिक पहल गरेको जानकारी गराएकी हुन् ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे