
काठमाडौं । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, अहिले कोशी, मधेश र अन्य पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।
आज दिउँसोको समयमा कोशी, लुम्बिनी, मधेश र देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ, भने बाँकी भू-भागमा आंशिक बदलीसहित मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुनसक्छ । साथै, उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।
आज राति पनि कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुनसक्छ । उच्च पहाडी र हिमाली भू-भागका स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे