
काठमाडौं, । क्यानडाको प्रतिष्ठित शेरिडन कलेजले नेपालमा सूचना तथा नेटवर्किङ कार्यक्रम आयोजना गरेको छ। अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न अग्रसर यस कलेजले व्यवसाय, प्रविधि, स्वास्थ्य विज्ञान, कला तथा डिजाइन लगायतका क्षेत्रमा नवीनतम पाठ्यक्रमहरू उपलब्ध गराउँदै आएको छ। विद्यार्थीहरूलाई विशेष समर्थन सेवा, छात्रवृत्ति अवसर तथा व्यावहारिक शिक्षाको सुविधा प्रदान गर्दै आएको यस कलेज उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि आकर्षक गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ।
सन् २०२५ को मार्च १८ मा काठमाडौं र मार्च १९ मा पोखरामा आयोजना गरिएको नेपाल सूचना तथा नेटवर्किङ कार्यक्रममा नेपाली विद्यार्थी, अभिभावक तथा शिक्षा परामर्शदाताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा शेरिडन कलेजका प्रेसिडेन्ट डा. जानेट मोरिसन, एसोशियट भाइस प्रेसिडेन्ट अफ ग्लोबल इन्गेजमेन्ट उपाध्यक्ष जेसन रोल्स,रिजनल मेनेजर अफ साउथ एशिया कोरी स्यामुएल्स तथा नेपाल र बंगलादेशका
सिनियर रिक्रुटमेन्ट एडभाइजर नितेशजंग कार्की सहभागी भएका थिए। उनीहरूले कलेजमा उपलब्ध शैक्षिक अवसर, छात्रवृत्ति, विद्यार्थी सहायता कार्यक्रम तथा क्यानडामा रोजगारीका सम्भावनाहरूका विषयमा विस्तृत जानकारी प्रदान गरेका थिए।
शेरिडन कलेजका प्रतिनिधिहरूले व्यावहारिक शिक्षण प्रणाली, अनुसन्धान अवसरहरू तथा उद्योगसँग सम्बन्धित पाठ्यक्रमहरूबारे सहभागीहरूलाई अवगत गराएका थिए। नेपालसँगको शैक्षिक साझेदारीलाई कसरी थप मजबुत बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो। सहभागी विद्यार्थीहरूले भर्ना प्रक्रिया, छात्रवृत्तिका अवसरहरू तथा स्नातक र स्नातकोत्तर तहपछि क्यानडामा रोजगारीका सम्भावनाहरूका बारेमा प्रत्यक्ष जानकारी लिने अवसर प्राप्त गरेका थिए।
>कार्यक्रमको अन्त्यमा आयोजित प्रश्नोत्तर सत्रमा विद्यार्थी तथा अभिभावकहरूले आफ्ना जिज्ञासाहरू समाधान गर्ने अवसर पाए। सहभागीहरूले शेरिडन कलेजको अध्ययन वातावरण, क्यानडामा उच्च शिक्षाका अवसरहरू तथा कलेजले प्रदान गर्ने सहयोग सेवाहरूलाई लिएर सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए।
शेरिडन कलेजको नेपाल भ्रमण तथा जानकारी कार्यक्रमले नेपाली विद्यार्थी समुदाय र कलेजबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ। कलेजले आगामी दिनमा नेपालका विद्यार्थीहरूलाई लक्षित गरी अझ बढी अवसरहरू प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे