
बर्दिया। ठाकुरबाबा नगरपालिकाले आ.व. २०८१/०८२ को स्वीकृत कार्यक्रम अन्तर्गत लक्षित वर्गका लागि नायब सुब्बा वा पाँचौं तहको निःशुल्क लोक सेवा तयारी कक्षा सुरु गरेको छ। मिति २०८१ चैत ६ गते एक औपचारिक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख तिलक राम लम्सालले ब्यानर वाचन गर्दै कक्षाको उद्घाटन गरेका छन्।
कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख लम्सालसहित उपप्रमुखले पनि प्रशिक्षार्थीहरूलाई हिम्मत नहार्न, लगनशील भएर तयारीमा लाग्न र कक्षामा नियमित उपस्थित हुन आग्रह गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए। नगरपालिकाका १ देखि ९ वडासम्मका ५८ जना प्रशिक्षार्थीहरू तयारी कक्षामा सहभागी रहने जनाइएको छ।
नगरपालिकाले निरन्तरको प्रयासबाट मात्र सफलता प्राप्त गर्न सकिने उल्लेख गर्दै सहभागीहरूलाई अवसरको भरपूर उपयोग गर्न अनुरोध गरेको छ। साथै, कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे