
काठमाडौँ । महिना नपुगी जन्मेका र कम तौल भएका नवजात शिशुहरूको लागि दातृ आमाको दूधले अकाल मृत्यु हुनबाट जोगाउन मद्दत गर्ने बताइएको छ। यसले नवजात शिशुलाई स्वस्थ र निरोगी बनाउन महत्वपूर्ण भूमिका खेल्छ।
“आमाले गरेको दूध दान, शिशुको लागि अमृत समान” भन्ने नारासहित स्वास्थ्य विभागले आमाहरूलाई बढी मात्रामा दूध दान गर्न आह्वान गरेको छ। दातृ आमाको दूधले नवजात शिशुहरूको जीवन रक्षा गर्ने र उनीहरूलाई स्वस्थ राख्न मद्दत गर्ने जानकारी दिइएको छ।
थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न स्वास्थ्य विभागले अनुरोध गरेको छ। परोपकार प्रसूति तथा महिला अस्पताल, स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा संचार केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस अभियानलाई समर्थन गरेको छ।
यस अभियानले दातृ आमाको दूधको महत्वलाई प्रचार गर्दै नवजात शिशुहरूको स्वास्थ्य सुधारमा योगदान दिने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे