
अछाम, चैत ५ । अछाम जिल्लाको बटुलासेन क्षेत्र नजिक केन्द्रबिन्दु बनाएर मङ्गलवार बिहान ६ः३३ बजे स्थानीय म्याग्निच्युड ४.३ को भूकम्प गएको छ।
नेपाल भूगर्भ विभाग र राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, यो भूकम्प सुदूरपश्चिम क्षेत्रका विभिन्न स्थानहरूमा महसुस गरिएको थियो। हालसम्म यस भूकम्पबाट कुनै ठुलो क्षति वा मानवीय हताहतको खबर प्राप्त भएको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे