
काठमाडौँ , ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का सांसद दीपकबहादुर सिंहले जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीविरुद्ध संसदमा उच्च र मर्यादाहीन भाषामा व्यक्त गरिएको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। सोमबार संसदको आकस्मिक समयमा बोल्दै सांसद सिंहले एमाले सांसद रघुजी पन्तले झुटा इतिहास प्रस्तुत गर्दै शाहीलाई अपशब्द बोलेको भन्दै यसलाई संसदको रेकर्डबाट मेटिनुपर्छ भन्ने माग गरे।
ज्ञानेन्द्र शाही कर्णाली प्रदेशबाट निर्वाचित सांसद हुन् र उनले आफ्नो निर्वाचनमा डबल भोट प्राप्त गरेका थिए। सांसद सिंहले भने, सदनमा मर्यादाहीन र गैरजिम्मेवार रूपमा प्रस्तुत भएको यो अभिव्यक्ति रेकर्डबाट हट्नुपर्छ।ू
आइतबारको प्रतिनिधि सभा बैठकमा, एमाले सांसद रघुजी पन्तले शाहीलाई तिमी र मिस्टरू जस्ता शब्द प्रयोग गर्दै, तिमी जुम्लामा हाहु गरेर आएको जस्तो छैन, मसँग बहस गर्ने भए इतिहास पढेर आउ, मिस्टर भन्ने टिप्पणी गरेका थिए।
आजको बैठकमा सांसद सिंहले पन्तलाई सचेत गराउन सभामुखबाट रुलिङको माग समेत गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे