
काठमाडौँ, ४ चैत । सर्वोच्च अदालतले अतिरिक्त सचिव डा। संगीता कौशल मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगर्नुको कारण खुलाउन आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइ पश्चात सरकारको नाममा कारण देखाउ आदेश जारी भएको हो।
डाँ। मिश्राले वरिष्ठताको आधारमा स्वास्थ्य सचिवको पदमा नियुक्त नगरिएको भन्दै १ चैतमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।
२१ फागुनमा मन्त्रिपरिषद बैठकले डा। विकास देवकोटालाई स्वास्थ्य सचिवमा बढुवा गरेको थियो। पूर्वसचिव डा। रोशन पोखरेलको ५ वर्षे कार्यकाल १२ फागुनमा सकिएपछि लोकसेवा आयोगले नयाँ सचिवको लागि मन्त्रालयका तीन अतिरिक्त सचिव डा। मिश्रासहित डा। विकास देवकोटा र डा। टंक बाराकोटीको नाम सिफारिस गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे