
काठमाडौँ , ४ चैत । काठमाडौँबाट भारतको उत्तर प्रदेश जाने फोर्स गाडी दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन्। सोमबार बिहान लगभग ७ बजे, हेटौँडा–काठमाडौँ जोड्ने कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीस्थित धारा खोल्सामा गाडी ब्रेक फेल भएर पल्टिएको हो।
भारतीय नम्बर प्लेटको यु पी ७० एन टि ६९१७ नं. को उक्त गाडीमा १७ जना यात्रु सवार थिए। मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार, गाडी ब्रेक फेल भएर सडकको बायाँतर्फ ठोक्किन गई दुर्घटना भएको हो।
गाडी दुर्घटनामा घाइते हुनेमा भारतको उत्तर प्रदेश राज्यको राइबेली जिल्लाका वर्ष ५५ का राजकरण तिवारी, वर्ष ३८ का जितेन्द्र प्रताप सिंह, वर्ष ४४ का अजय मिश्र र वर्ष ३८ का अभय प्रताप सिंह रहेका छन्। अन्य यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे