
काठमाडौँ, चैत ३ । वर्तमानमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभावले गर्दा मौसममा केही परिवर्तन आएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रहेको छ, जबकि लुम्बिनी प्रदेश लगायत अन्य पहाडी भू–भागमा मौसम सफा रहेको छ। कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायतका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। त्यस्तै, पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपातको पनि संभावना रहेको छ। अपरान्हको समयमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरीको सम्भावना छ।
राति, कोशी प्रदेशलगायत पहाडी भू–भागमा मौसम आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा र उच्च हिमाली क्षेत्रहरूमा हल्का हिमपात हुन सक्छ। कोशी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना रहेको छ। यसका कारण जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे