
काठमाडौँ, चैत २ । नेपाली काँग्रेसका कोषाध्यक्ष र पूर्व स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृ शोक परेको छ। उहाँकी ८९ वर्षीया मातृश्री लीलादेवी श्रेष्ठको शुक्रवार काठमाडौँको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको छ। यो जानकारी नेपाली काँग्रेस पार्टी सचिवालयले दिएको छ।
उहाँको पार्थिव शरीरलाई आज दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कुरा नेपाली काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा। प्रदीप पराजुलीले बताएका छन्।
लीलादेवीको निधनमा काँग्रेस सभापति शेरबहादुर देउवाले शोक व्यक्त गर्दै एक वक्तव्य जारी गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे