
काठमाडौं, ५ फागुन । आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरु हुँदैछ । यस च्याम्पियनसिपमा चार देशहरूको सहभागिता रहेको छ, र यस प्रतियोगिता दशरथ रंगशालामा आयोजना हुनेछ। सोमबार दुई खेल हुनेछन्। उद्घाटन खेल दिउँसो २ बजे म्यानमार र लेवनानबीच हुनेछ। त्यसपछि, साँझ ६ बजे नेपाल र कीर्गिस्तानबीच खेल हुनेछ। फिफा र्याङ्किङमा नेपाल १०३ औं स्थानमा छ भने कीर्गिस्तान १२८ औं स्थानमा रहेको छ। यी दुई देशहरू बीच एकपटक मात्र खेल भएको छ।
प्रतियोगितामा सहभागी नेपाली टोलीमा गोलकिपर एञ्जिला तुम्बापो सुब्बा र अञ्जना राना मगर, डिफेन्डर अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई, मिडफिल्डर अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ र फरवार्ड सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन्।
यस च्याम्पियनसिपको लिग चरण र फाइनल गरी ९ दिनको प्रतियोगिता हुनेछ। नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको टिकट दर साधारणतर्फ ५ सय र भीआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे