
काठमाडौँ ,२२ माघ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र थाइल्यान्ड खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । लगातार तेस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ ।
नेपाल लगातार ३ वटा खेलमा हार बेहोर्दै पुछारमा छ । थाइल्यान्ड लगातार तेस्रो जीतसहित ६ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा छ । यसअघि नेपाल उद्घाटन खेलमा नेदरल्यान्ड्ससँग ४ विकेटले त्यसपछि थाइल्यान्डसँग २० रनले र अस्ति नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे