
भरतपुर, – आज, २०८५ जनवरी ३ देखि दोश्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आरम्भ भएको छ। प्रतियोगिता उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघका सचिव पारस खड्काले संयुक्त रूपमा उद्घाटन गरेका थिए।
यस प्रतियोगितामा सामुदायिक र संस्थागत गरी ४७ विद्यालयबीच प्रतिस्पर्धा हुने छ। प्रतियोगिता २०८१ सालको फागुन दोस्रो सातासम्म सञ्चालन हुनेछ र यसमा कुल ६१ खेल आयोजना हुनेछन्।
पहिलो चरणमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबीच छुट्टाछुट्टै छनोट खेल हुनेछन्। छनोट भएका टिमहरूलाई रातो बल प्रयोग गरेर दुई दिवसीय प्रतियोगितामा प्रतिस्पर्धा गराइने छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे