
काठमाडौँ, ३ पुस । नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटमा आजबाट प्ले–अफका खेलहरु हुँदैछन् । आजको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन् । नपीएलको लिग चरणको खेलबाट शीर्ष चारमा रहने टोलीले प्लेअफमा स्थान बनाएका हुन् ।
अंक तालिकाको शीर्ष र दोस्रो स्थानमा रहने टोलीले पहिलो क्वालिफायर्स खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज बिहान हुने पहिलो खेलमा एलिमिनेटर खेलमा तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानमा रहेको कर्णाली याक्स भिड्नेछन् ।
खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । यो खेलको विजेताले दोस्रो क्वालिफायर्स खेल्नेछ । पराजित हुने टोली भने प्लेअफबाटै बाहिरिनेछ । आजको दोस्रो खेलमा पहिलो क्वालिफायर्स खेल हुनेछ । पहिलो क्वालिफायर्समा शीर्ष स्थानको सुदुरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्स खेल्नेछन्। सो खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ । तालिकाको शीर्ष दुई स्थानमा रहेका यी दुई टोलीबिचको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टोलीले भने दोस्रो क्वालिफायरमा आजको पहिलो खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
एनपिएल क्रिकेटको फाइनल खेल शनिवार हुनेछ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउने आयोजक नेपाल
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे