
काठमाडौँ, मङ्सिर ३० । काठमाडौं गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै नेपाल प्रिमियर लिग ९एनपिएल० को प्लेअफमा स्थान बनाएको छ। त्रिवि मैदान, कीर्तिपुरमा आइतबार काठमाडौँले विराटनगरले दिएको ११८ रनको लक्ष्य १८।१ ओभरमा नौ विकेटको क्षतिमा पार गर्यो। काठमाडौँले आठ अंक बनाएको छ।
विराटनगर पहिले नै प्लेअफ होडबाट बाहिरिसकेको थियो। काठमाडौँको प्लेअफ प्रवेश अब सोमबार हुने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सको खेलमा निर्भर छ। कर्णालीले हारेमा काठमाडौँको यात्रा सहज हुनेछ। काठमाडौँका प्रतिक श्रेष्ठले ३९ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे।
विराटनगरले १९।५ ओभरमा ११७ रनमा सबै विकेट गुमायो। राजेश पुलामीमगरले २५ रन बनाएका थिए। काठमाडौँका जेराल्ड इरास्मसले १७ रनमा ४ विकेट लिए, जबकि दीपेश कँडेलले दुई विकेट लिए। विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे