
काठमाडौँ, मङ्सिर २८ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले याक्सले नेपाल प्रिमियर लिग एनपीएलमा लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ । कर्णालीले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय २९ रन बनाएको हो । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले अन्तिम खेलमा सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीसँग प्रतिस्पर्धा गर्न लागेको हो।
लुम्बिनीका लागि आजको खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ । लुम्बिनी एनपीएलको प्लेअफ होडबाट बाहिरिसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे