
काठमाडौँ, मङ्सिर २७ । फिफा विश्वकप २०३४ को आयोजना साउदी अरेबियामा हुने निश्चित भएको छ। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आज एक प्रेस सम्मेलनमा घोषणा गर्दै भने, ूसाउदी अरेबिया फुटबलको भविष्यको लागि एक प्रमुख केन्द्र बनिरहेको छ र हामी विश्वकप यहाँ आयोजना गर्ने कुरामा निकै उत्साहित छौं। अब ४८ टोली सहभागी फिफा विश्वकप आयोजना गर्ने साउदी अरेबिया पहिलो एसियाली राष्ट्र हुनेछ । सन् २०२६ को आगामी विश्वकप फुटबल क्यानडा र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।
साउदी अरेबियाले आफ्नो मुलुकमा नयाँ स्टेडियम र अत्याधुनिक संरचनाहरू निर्माण गर्ने तयारी पूरा गरेको छ। यस प्रतियोगितामा विश्वभरिका उत्कृष्ट टिमहरू प्रतिस्पर्धा गर्नेछन्। २०३४ को विश्वकपले साउदी अरेबियालाई अन्तर्राष्ट्रिय फुटबल मञ्चमा अझ बढी प्रभावशाली बनाउने विश्वास गरिएको छ।
फिफाले आगामी विश्वकपदेखि नै सहभागी सङ्ख्या ३२ बाट बढाएर ४८ बनाएको हो । साउदी अरेबिया फिफासँगको सहकार्यमा विश्वकपको सफल आयोजना गर्ने लक्ष्यमा रहेको छ, जसले फुटबलप्रेमीहरूको मन जित्ने विश्वास पनि व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे