
काठमाडौँ, मङ्सिर २६। नेपाल प्रिमियर लिग ९एनपीएलमा० मा सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले पहिलो हार व्यहोरेको छ । त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा जनकपुर बलियो प्रतिद्वन्द्वी सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो । यससँगै जनकपुरको अपराजित यात्रामा पूर्णविराम लागेको छ । जितसँगै सुदूरपश्चिम शीर्षस्थानमा उक्लिएको छ । जनकपुर दोस्रो स्थानमा झरेको छ । जनकपुरले सुदूरपश्चिमसँग ७२ रनले पराजित भयो ।
सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर निरीह हुँदा १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२।१ ओभरमा ५१ अलआउट भयो । जनकपुरका लागि जोसुवा ट्रम्पले १३ रन जोड्नुबाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । जनकपुरलाई सस्तो स्कोरमा समेट्न सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे र हर्मित सिंहले दुई दुई विकेट लिए। यस्तै नरेन साउद, स्कट कग्लेजिन र सइफ जैवले एक एक विकेट झार्नुभयो । इशान पाण्डे प्लेयर अफ दि म्याच भए ।
सुदूरपश्चिका लागि ओपनिङ ब्याटर विनोद भण्डारीले ३३ रन जोडे। उनले ३७ बलमा ३ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर सइफ जइबले २१ रन बनाए। दुईबीच पहिलो विकेटका लागि ७।४ ओभरमा ५५ रनको साझेदारी भयो। त्यसपछि भने सुदूरका ब्याटर कुनै पनि बेला सम्हालिन सकेनन्। बलिङमा जनकपुरका किशोर महतोले चार विकेट लिए । उनले विकेट लिने क्रममा चार ओभर पूरा बलिङ गर्दै ३५ रन खर्चिए । यस्तै सेर मल्ल र अरनिको यादवले दुई दुई विकेट लिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे