
काठमाडौँ , मङ्सिर २० । नेपाल प्रिमियर लिग ९एनपिएल० मा बिहीबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ। जनकपुर बोल्टस्ले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएकोे छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर जनकपुर बोल्टस्ले फिल्डिङ रोजेको हो । जारी एनपिएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघिका दुवै खेलमा जनकपुर विजयी भएको छ ।
जनकपुरले पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णालीलाई पराजित गरेको थियो। पोखराले भने पहिलो खेल खेल्न लागेको हो। यस्तै, आजको दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउसो १ बजे सुरु हुनेछ । काठमाडौंले यसअघि दुई खेल खेलेको थियो तर एउटा खेलमा मात्र जित हासिल गरेको थियो । सुदूरपश्चिमले पहिलो खेलमा नै जित हासिल गर्न सफल भएको थियो । काठमाडौं गुर्खाजको नेतृत्व करन केसीले गरेका छन् भने सुदूरपश्चिम रोयल्सको कप्तान दिपेन्द्र सिंह ऐर रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे