
काठमाडौँ, १० मंसिर – आज काठमाडौँको धरहरा परिसरमा नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफीको अनावरण गरिएको छ। उक्त समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले एनपीएलको नयाँ ट्रफी सार्वजनिक गरे।
एनपीएलको ट्रफीको डिजाईनमा विशेष स्थान सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा समावेश गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उक्त जानकारी दिए। उनले यस ट्रफीलाई न केवल खेलको प्रतीक, बरु विश्वभर हिमाल संरक्षणको सन्देश फैलाउनको लागि पनि महत्त्वपूर्ण मानिएको बताएका छन्।
एनपीएलको ट्रफीमा प्रयोग गरिएको ढुंगा आरोहीद्वय निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट ल्याएको हो। ट्रफी अनावरण समारोहमा उनीहरुलाई सम्मानको रूपमा खादा ओढाएर सम्मानित गरिएको थियो।
नेपाल प्रिमियर लिगको पहिलो संस्करण आगामी मंसिर १६ गतेबाट सुरु हुँदैछ र पुस ६ गतेसम्म सञ्चालन हुनेछ। यस अवसरमा क्यानका अन्य पदाधिकारीहरू र विभिन्न खेलकुद तथा सास्कृतिक क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
यो ट्रफीको अनावरणले एनपीएलको आगामी संस्करणको उत्साहलाई थप गति दिएको छ, र नेपालका पहिचानका रुपमा रहेको हिमालको संरक्षणमा योगदान पुर्याउने आशा व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे