
काठमाडौँ, कात्तिक २८ । यूएईमा जारी आईसीसी यू(१९ महिला टी(२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै छ । दुबईस्थित द सेभेन स्टेडियममा हुने यो खेल दिउँसो ३ : १५ बजेदेखि सुरु हुने छ। विश्वकप छनोटको निर्णायक खेलका रुपमा रहेको यस खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।
यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । ५ खेलमा ५ नै जीत सहित यूएई १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक युएई र थाइल्याण्ड सहभागी छन् । यूएईलाई हराएमा नेपाल पहिलोपटक आइसिसी यु–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुने छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे