
काठमाडौँ, कात्तिक २७ । यूएईमा जारी यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत आज नेपालले कुवेतसँग खेल्दैछ । खे नेपाली समयअनुसार खेल बिहान सवा ११ बजे दी सेभेन्स मैदानमा सुरु हुनेछ । चार खलमध्ये तीन खेल जितेको नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो ।
नेपाल ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । कुवेत लगातार हार व्यहोर्दै अंकविहीन छ । नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले पराजित गरेको थियो । त्यसपछि यूएईसँग १३ रनले पराजित भएको नेपालले थाइल्याण्डलाई फेरि १०६ रनले हरायो । आजको खेलमा जित निकाल्दै नेपाल यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुने आफ्नो सम्भावनालाई बलियो बनाउन चाहन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे