
काठमाडौँ , ८ कात्तिक । गैरकानुनी रूपमा व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई जग्गादान दिएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको पेसी न्यायाधीश नहकुल सुवेदीको इजलासमा तोकिएको छ । पार्टी कार्यालय निर्माणका लागि विवादित व्यवसायी व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गा दानविरुद्धको परेको रिटमा पेशी तोकिएको हो।
कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा १० रोपनी १४ आना जग्गामा असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पत्तिले भवन शिलान्यास गरेका थिए । अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा आज पहिलोपटक सुनुवाइ हुन लागेको हो। सरकारी छाप दस्तखत किर्तेसम्बन्धी कसुरमा मुद्दा चलिरहेको व्यक्तिका हातबाट दान लिनु नैतिकताको प्रश्न भन्दामाथि एवं कानुनको बर्खिलाप भएको रिटमा भनिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे