
काठमाडौँ , असोज १० । सुनको मूल्य स्थानीय बजारमा पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँ रहेको छ ।
बुधबार सुन प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। आज तोलामा तीन सयले वृद्धि भएको हो ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार ९५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे