
काठमाडौँ , २८ भदौ । आज ९शुक्रबार० सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य हालसम्मकै उच्च हो।
आज सुनको भाउ प्रतितोला तीन हजार रूपैयाँ बढेको हो। हिजो बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम रहेको थियो।
शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा ६५ रूपैयाँ बढेको छ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे