
काठमाडौं , २३ भदौ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १२ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५२ हजार १ सय रुपैयाँ कायम भएको छ।
गत शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ रहेको थियो।
यता, आज चाँदीको मूल्य पनि घटेको छ।आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर १ हजार ७५० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे