
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(विहीबार) छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रूपैयाँ कायम भएको हो ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।
बुधबार तोलामा १ हजार ८ सय ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ८ सय ३० रूपैयाँमा कारोवार भैइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे