
काठमाडौँ , २ भदौ । नेपाली बजारमा आज ९आइतबार० सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। आज सुन प्रतितोला एक लाख ५२ हजार छ सय रूपैयाँ पुगेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँ रहेकोमा आज तीन हजार रूपैयाँ बढेर एक लाख ५२ हजार छ सय रूपैयाँ रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज आइतबार चाँदीको मूल्य पनि बढेको बढेको छ। शुक्रबार प्रतितोला एक हजार सात सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५० रूपैयाँ बढेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय १० रूपैयाँ रहेको महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे