
काठमाडौँ, २९ साउन । साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको भाउ २१०० रुपैंयाले बढेर १ लाख ५० हजार नाघेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ४८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। य
त्यसैगरी आज चाँदीको भाउ प्रतितोला २५ रुपैंयाले बढेर हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे